Advertisement

स्थानीय तहको बजेटमा तामाङ समुदायको सवाल जनप्रतिनिधिसँग बहस कार्यक्रम सम्पन्न

शुक्रबार तामाङ पत्रकार संघले ललितपुरमा स्थानीय तहको बजेटमा आदिवासी तामाङ समुदायको सवाल जनप्रतिनिधिसँग बहस कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा विभिन्न ठाउँबाट प्रतिनिधित्व गर्दै तामाङ जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमा पत्रकार,कलाकार लगायत विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु्याउने व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा तामाङ जनप्रतिनिधिहरुले तामाङ जातिको लागि आफ्नो स्थानमा बजेट छुट्याएको छ कि छैन ?कस्तो खालको कार्यका लागि बजेट छुट्याएको छ र आफ्नो ठाउँमा तामाङ जातिको लागि कस्तो खालका कार्यहरु गर्दै आएको छ भनेर प्यानल डिस्कशन गरिएको थियो ।
प्यानल डिस्कशनको क्रममा आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले आफ्नो स्थानीय तहमा जातजाति लक्षित बजेट छुट्याएको र विकाशको काम पनि गर्दै आएको बताए । उनले आफ्नो गाउँको टोल टोलमा म्हाने सम्बन्धि प्रशिक्षण दिदँै आएको पनि बताए । अहिले स्वयम्वू बौद्धमा घेवाहरु गर्दा म्हाने आमाहरु बोलाएको समेत जानकारी गराए । म्हाने आमाहरुलाई धार्मिक अवस्था कस्तो छ भनेर जानकारीको लागि बेला बेलामा विभिन्न गुम्बाहरुमा भ्रमणको लागि पठाएको बताए । फरक प्रसाङ्गमा बाग्मती प्रदेशले भाषा दिवसको अवसरमा बिदा दिइसकेको र आफ्नो स्थानीय तहमा पनि बिदा दिने तयारी गरेको जानकारी गराए ।
त्यसैगरी मण्डन देउपुरका अध्यक्ष टोपबहादुर वाईबाले विभिन्न समयमा विभिन्न संर्घष गरेर तामाङ जातिले अधिकार प्राप्त गरेपनि त्यो पप्र्यात नभएको बताए । तामाङ जाति सामाजिक,आर्थिक,शैक्षिक रुपमा पछाडि रहे पनि कुनै कुनै तामाङहरु माथिल्लो तहमा पुग्दा खुसी लागेको बताए ।उनले आफ्नो कार्यकालमा आफ्नो स्थानीय तहमा रहेको विद्यालयमा कक्षा ५ सम्म मातृभाषामा पढाउन सुरु गरेको बताए। पञ्चायत कालदेखि तामाङ जातिको हक अधिकारको लागि लड्दै आएपनि तामाङ जातिले जाति अधिकार पाउनु पर्ने हो त्यो नपाएको गुनासो गरे ।
गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामाले तामाङ जातिलाई सरकारी स्तरबाटै पछाडी पारिएको बताए । तामाङ जातिको एउटै खालको भेषभुषा नभएको र तामाङ जाति भेषभुषामै अलमलिएकोले नेपाल तामाङ घेदुङ र तामाङ पत्रकार संघले तामाङ भेषभुषा कुन हो भनेर तामाङ जातिलाई चिनाउनु पर्ने धारणा राखे । बाग्मती प्रदेशमा कार्यन्वयनमा आएको तामाङ भाषा विद्यालयको पाठ्क्रममा राख्दा कुन चाँहि पाठ््यक्रम राख्ने छुट्याउन आग्रह गरे ।
तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा तामाङ जातिको विभिन्न पक्षमा छलफल गरिएको थियो ।