विहीबार बेलुकी साढे ६ बजेतिर पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बुटवलतर्फ आउँदै गरेको लु १ क २५१७ नम्बरको टिपरको टायर पन्चर हुँदा अनियन्त्रित भएर सडकबाट अन्दाजी ६५ मिटर तल तिनाउ खोला किनारमा खसेको थियो । चालक रुपन्देहीको सियारी गाउँपालिका २ बस्ने अन्दाजी २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु












