Advertisement

सुन तोलामा ५ सय रुपैयाँले बढ्यो

आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ।
आइतबारको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदी सोमबार पनि सोही कायम भएको हो ।