आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटमा संक्रमणकालीन न्यायबारे छलफल भएको छ ।
प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी विज्ञ सल्लाहकार अग्नि खरेलले उनीहरुबीच अहिलेसम्म भइरहेका कामबारे छलफल भएको बताए ।नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सरकारले संक्रमणकालीन न्यायसम्बन्धी अधुरा कामहरू टुंग्याउने प्रक्रिया सकारात्मक रुपमा अघि बढाएको बताए ।
ओली–प्रचण्डको भेटमा टीआरसीबारे छलफल












