Advertisement

आईपीएलमा चेन्नई २ रनले पराजित

शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ ।
बेङ्गलुरुले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको चेन्नईले पाँच विकेट गुमाएर दुई सय ११ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि आयुष म्हात्रेले ९४ रन र रविन्द्र जडेजाले अविजित ७७ रन बनाउँदा पनि टोलीको हार टार्न सकेनन् ।
त्यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलुरुले पाँच विकेट गुमाएर दुई सय १३ रन बनायो । बेङ्गलुरुका लागि विराट कोहलीले ६२, याकूब बेथेलले ५५ र रोमारियो शेफर्डले अविजित ५३ रन बनाए । चेन्नईका मथीशा पाथिरानाले ३ तथा नूर अहमद र रविन्द्र जडेजाले समान एक विकेट लिए ।
यो जीतसँगै बेङ्गलुरु ११ खेलमा १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा चेन्नई ४ अङ्कसहित तालिकाको पुछारमा छ ।