Advertisement

नेप्सेको पुनसंरचना गर्दै सरकार

सरकारले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को पुनसंरचना गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।नेपाल स्टक एक्स्चेन्जको पुनसंरचना गर्न सरकारको बहुस्वामित्व सेयर घटाउनुपर्ने हुन्छ ।हाल नेप्सेमा सरकारको ५८ प्रतिशत सेयर हिस्सा छ । साथै धितोपत्र बोर्डलाई सुदृढीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।