यो साता नेप्से परिसूचकमा ६४.७१ अंकले गिरावट आएको छ ।
अघिल्लो साता ५२.६७ अंकले बढेर २७२२.७३ अंकमा पुगेको नेप्से परिसूचक यो साता ६४.७१ अंकले घटेर २६५.०२ अंकमा झरेको हो । यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये १ कारोबार दिन नेप्से बढेको थियो भने बाँकी ४ कारोबार दिन नै बजार घटेर बन्द भएको थियो । साताको पहिलो कारोबार दिन १६.६८ अंकले घटेर २७०६.०४ विन्दुमा झरेको थियो ।
साताको दोस्रो दिन सोमवार पनि नेप्से परिसूचक ७.७५ अंकले घटेर २६९८.२८ विन्दुमा झरेको थियो । साताको तेस्रो कारोबारका दिन मङ्गलवार पनि नेप्से परिसूचक ९.९६ अंअले घटेर २६८८.३२ विन्दुमा झरेको थियो । बुधबार नेप्से परिसूचक ३२.३८ अंकले घटेर २६५५.९४ विन्दुमा झरेको थियो ।
साताको अन्तिम कारोबार दिन बिहीबार भने नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार बन्द भएको छ । पछिल्ला ४ कारोबार दिन लगातार गिरावट भएको नेप्से परिसूचक बिहीबार २.०८ अंकले बढेर २६५८.०२ विन्दुमा पुगेको छ ।
यो साता ६४.७१ अंकले घट्यो नेप्से












