Advertisement

मौसम अपडेट

हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
देशभर अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ। साथै कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेको तथा मध्य र पश्चिमी तराईका भू-भागहरूमा अत्यधिक गर्मीको पनि सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङको पनि सम्भावना रहेकोले त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।