Advertisement

कक्षा १२ को परीक्षा स्थगित

पर्सि ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा स्थागित भएको छ ।
अब परीक्षाको तालिका नआएसम्म परीक्षा अन्योल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा केही दिन सार्न निर्देशन दिएपछि सारिएको हो । मंगलबार साँझ बालुवाटारमा परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका थिए ।यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो ।