नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार रूपैयाँ पुगेको छ ।
लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि गत बिहीबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार भने सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।आइतबारको तुलनामा सोमबार भने सुन प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको हो। यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।
सुनको मुल्य तोलामा एक लाख ९१ हजार पुग्यो












