आइतवार विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट भएको छ।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रिया मार्फत बाँडफाँट गरिएको एफपीओमा २ जना भाग्यमानीले ११ कित्ता पाएका छन् ।लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल््यका ५१ लाख २९ हजार २५० रुपयाँबराबरको ५१ हजार २९२।५० कित्ता एफपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल १९ लाख २३ हजार ४९० आवेदन मार्फत २ करोड २१ लाख ७६ हजार ८४० कित्ता माग भएको लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई क्यापिटलले जनाएको छ। जसमध्ये २ हजार ५२३ आवेदन रद्द भएका छन् भने १९ लाख २० हजार ९३९ आवेदन स्वीकृत भएको थियो ।
कुल ५ हजार १२९ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन भने २ जनाले ११ कित्ता पाएका छन।
विन नेपाल लघुवित्तको एफपीओमा भाग्यमानी २ जनाले पाए ११ कित्ता












