Advertisement

आईपीएलमा पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स खेल्दै

आज भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटमा दुई खेल हुँदैछ ।
पहिलो खेलमा दिउँसो पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच खेल हुनेछ । खेल पौने ४ बजेदेखि चण्डीगढस्थित मुल्लानपुर क्रिकेट रंगशालामा सुरु हुनेछ ।दुई टोली यसअघि खेलेको ४८ घण्टाभित्र दोस्रोपटक भिड्न लागेका हुन । शुक्रबार बेंगलुरुको मैदानमा भएको खेलमा पञ्जाबले ५ विकेटको जित निकालेको थियो ।
अंकतालिकामा पञ्जाब ७ खेलमा १० अंकसहित तेस्रो स्थानमा छ भने ७ खेलमा ८ अंक भएको बेंगलुरु पाँचौं स्थानमा छ ।