Advertisement

भोली थाइल्याण्ड जाँदै परराष्ट्रमन्त्री राणा

आइतबार परराष्ट्रमन्त्री आरजु राणा देउवा थाइल्याण्डको बैंकक जाने भएकी छन ।
संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (युएनस्केप) को ८१ औं सत्रमा सहभागी हुन मन्त्री राणा त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन ।
नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री राणाले उक्त आयोगको ८१औं सत्रको अध्यक्षता गर्ने कार्यतालिका छ । सो सत्रलाई मन्त्री राणाले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।
उनीहरु यही अप्रिल २५ मा स्वदेश फर्कने कार्यक्रम छ।