शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन नेताहरूको बैठकले गणतन्त्रका पक्षधरहरू एक हुने सहमति भएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन एक भएर अघि बढ्ने सहमति भएको प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले जानकारी दिए । करिब डेढ घण्टा चलेको भेटवार्तामा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार खरेल पनि सहभागी थिए ।
गणतन्त्र पक्षधर एक हुने सहमति












