Advertisement

सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित

शनिबार बानेश्वरको अल्फ हाउसमा भएको सञ्चारिका समूहको अधिवेशनबाट अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन ।
पन्थीले १४९ मत ल्याएर अध्यक्ष निर्वाचित हुदाँ उनकी प्रत्यासी पवित्रा सुनारले ८७ मत पाइन ।यसैगरी उपाध्यक्षमा बसन्ती बास्तोला १२८ मत सहित विजयी भइन। उनकी प्रतिस्पर्धी लोग्शरी कुँवरले १०० मत मात्र ल्याएर पराजित भईन ।
महासचिवमा राधा खनाल निर्विरोध निर्वाचित भएकी छन ।सचिवमा उर्बशी बस्न्यात १०७ मत सहित विजयी भइन । सचिव पदमा अर्की प्रतिस्पर्धी नुनुता राई चार मतले पराजित भइन । राइले १०३ मत पाइन ।
कोषाध्यक्षमा साजना तामाङ १५ मत अन्तरले निर्वाचित भइन । तामाङ १२० सहित निर्वाचित हुँदा अर्की प्रतिस्पर्धी मञ्जिमा ढकालले १०५ मत पाइन ।
सदस्यहरुमा कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी निर्वाचित भएका छन ।