Advertisement

मकवानपुरगढीमा माइक्रो बस दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौंबाट हेटौंडा आउँदै गरेको बाप्र०१-००६ ख ७०७२ नम्बरको इभी माइक्रो बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा सर्लाही बागमती गाउँपालिका-७ बस्ने १३ वर्षीया मानुषी मगर र रौतहट दुर्गा भवानी गाउँपालिका वडानम्बर-५ बस्ने ५० वर्षीय निलमदेवी राउतको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाईते भएका छन् ।