Advertisement

आज विश्व सम्पदा दिवस मनाइँदै

अप्रिल १८ तारिखका दिन आज सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले विश्व सम्पदा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
सन् १९८३ देखिसंयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन ।
आज बिहान राजधानीमा सम्पदा पदयात्रा गर्न लागिएको पुरातत्व विभागले जनाएको छ ।