आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबारे औपचारिक निर्णय गर्न केन्द्रीय कमिटी बैठक बस्दैछ ।
पार्टी सचिवालय बैठकको निर्णय र पार्टी कार्यवाहक सभापतिको आव्हानमा केन्द्रीय समितिको बैठक बोलाएको कार्यवाहक प्रवक्ता मनिष झाले जनाए । वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकका एजेन्डा चारवटा रहेको सो पार्टीले जनाएको छ । रास्वपाले यसअघि वैशाख २५ देखि २७ सम्म पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो ।
आज रास्वपाको बैठक बस्दै












