पियोर इनर्जी कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा माग भन्दा १९.०२ गुणा बढी आवेदन परेको छ ।
मंगलबार साँझसम्म १९ लाख ३६ हजार ५३ जना आवेदकले २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँको २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन परेको सीडीएससीको तथ्यांक रहेको छ । कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँको ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको थियो ।
माग भन्दा १९ गुणा बढी आवेदन पियोर इनर्जीको आईपीओमा












