Advertisement

इ-सेवाबाट १ करोड बढी चोरी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले इ-सेवाबाट १ करोड २ लाख रूपैयाँ बराबरको रकम ट्रान्सफर गरी रकम चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भएका २२ वर्षीय राहुल बुढालाई पक्राउ गरेको हो ।उनले विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत फिसिङ लिंक पठाई खाता सस्पेन्डु हुन लागेको भनी चेतावनी दिएका थिए। उनले भेरिफाइको लागि लिंक खोल्न लगाई इ-सेवामा अनधिकृत पहुँच र्पुयाई ४ हजारभन्दा बढी व्यक्तिहरूको इ-सेवामा रहेको रकम पशुपति ग्लोबल इनोभेसन प्रा.लि.को खाताहरूमा ट्रान्सफर गरेको देखिएको प्रहरीले जनाएको छ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।