आज शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ०१ अंलके बढेर २ हजार ६ सय ९६ दशमलव २३ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । मंगलबार ८ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ३ सय २९ वटा कम्पनीका १ करोड ६६ लाख कित्ता शेयर ७ अर्ब २६ करोड रुपैयाँमा किनबेच भएको छ ।आज फाइनान्स, होटल, लगानी, उत्पादन, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर बढेको छ । आज जलविद्युत् समूहको शेयर १ दशमलव ६३ र विकास बैंक समूहको शेयर १ दशमलव ११ प्रतिशतले उकालो लागेको छ ।
शेयर बजार ७.०१ अंकले बढ्यो












