हाल देशभर स्थानीय वायुको प्रभाव छ ।
बुधबार बिहान देशभरि बदलीको अवस्था जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।बुधबार मंगलबारको तुलनामा केही कम पानी पर्ने मौसमविद सञ्जिव अधिकारीले जानकारी दिए । बिहानको तुलनामा भने दिउँसो पानी केही बढी पर्नेछ। दिउँसो सबैजसो पहाडी भूभागहरूमा हल्का वर्षाको सम्भावना रहेको उनले बताए।
तराईका एक दुई स्थानमा पनि वर्षाको सम्भावना छ।साथै उच्च पहाडी भूभागहरूमा हल्का हिमपातको पनि सम्भावना छ।काठमाडौंमा पनि बुधबार दिउँसो वर्षा हुने सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए।
आजको मौसम अपडेट












