Advertisement

पेट्रोल–डिजेलको मूल्य घट्यो

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको मूल्य घट्ने नेपाल आयल निगमले जनाएको छ ।
निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको मूल्य लिटरमा तीन रूपैयाँ, डिजेल र मट्टीतेल पनि लिटरमा तीन रूपैयाँ घटाएको जानकारी दिएको छ।भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो।निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन ।
यो क्षेत्रमा अब पेट्रोलको मूल्य १५७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४३ रूपैयाँ ५० पैसा पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको मूल्य १५९ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४५ रूपैयाँ पर्नेछ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १६० रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४६ रूपैयाँ पर्नेछ।