जाजरकोटमा आज बिहान ४.४ म्याग्निच्युड भूकम्पको धक्का महसुश गरिएको छ ।
कुशे गाउँपालिकाको पैंकलाई नै केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।पछिल्ला केही दिन निरन्तर भूकम्प गइरहेको जाजरकोटमा साढे ७ घण्टाको फरकमा दुई भूकम्प गएका छन ।सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा पनि भूकम्प गएको थियो । भूकम्पका कारण कुनै क्षति भए– नभएकाबारे कुनै विवरण भने प्राप्त भएको छैन ।
जाजरकोटमा आज बिहान ४.४ म्याग्निच्युड भूकम्पको धक्का












