Advertisement

गुल्मीमा डुबेर एक बालकको मृत्यु

सोमबार गुल्मीमा नुहाउने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
धुर्कोट गाउँपालिका(६ का १५ वर्षका राजेश कुमालको मृत्यु भएको गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले जानकारी दिए । सिस्तुङस्थित छल्दी खोलामा नुहाउने क्रममा डुबेर राजेशको मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।