Advertisement

सरकार परिवर्तनको हल्लामा एमालेको जवाफ

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार परिवर्तनको हल्ला चलाएको भन्दै त्यसमा कुनै सत्यता नभएको नेकपा एमालेको जवाफ रहेको छ ।
सोमबार बसेको एमाले सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्डमा सरकार बाहिर रहँदाको कुण्डा प्रकट भइरहेको दाबी गरे । वर्तमान सरकार परिवर्तनको सम्भव नभएको ज्ञवालीको भनाई छ । अरु विषय छाडेर प्रचण्डले सरकारको कुरामात्रै गर्नु प्रचण्डको सत्तामोह भएको ज्ञवालीको आरोप छ ।