Advertisement

सडकमै नयाँ वर्ष मनाउँदै शिक्षकहरू

चैत्र २० गतेदेखि आन्दोलनरत शिक्षकहरुले नयाँ वर्ष सडकमै मनाउने भएका छन।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका उनीहरूले आज पनि निरन्तरता दिने भएका हुन । नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता नटुङ्गिएपछि नयाँ वर्षको दिन पनि सडकमा बसेर अन्दोलन गर्न लागेका हुन् । शिक्षकहरुले आफ्नो माग पुरा नभएसम्म अन्दोलन जारी राख्ने अडान लिएका छन ।