Advertisement

युक्रेनमा रुसीले आक्रमण गर्दा ३४ जनाको मृत्यु

युक्रेनमा रुसीले आक्रमणमा ३४ जनाको मृत्यु भएको छ ।
आक्रमणमा १५ बालबालिकासहित ११७ जना घाइते भएका युक्रेनको राज्य आपतकालीन सेवाले जानकारी दिएको छ ।सर्वसाधारण चर्चमा भेला भएका बेला आक्रमण भएको बीबीसीले जनाएको छ । रुसको लगातारको आक्रमणले युक्रेनमा ठूलो जनधनको क्षति भएको छ । आक्रमणबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा रुसले भयानक आक्रमण गरेको प्रतिक्रिया दिएको छ ।