Advertisement

एमालेको केन्द्रीय सचिवालय बैठक साढे ११ बजे बस्दै

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज साढे ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ ।
बैठकमा पार्टीका वार्षिक कार्यक्रम, पार्टीका अभियान लगायतका विषयमा छलफल हुने बताइएको छ ।एमालेले २०८४ सालमा एक्लै बहुमत ल्याउने लक्ष्यका साथ यतिबेला वडा केन्द्रित अभियान सञ्चालन गरिरहेको छ । उक्त अभियान १५ वैशाखसम्म चल्ने छ ।