Advertisement

विवादका कारण जारी गरिएको वीरगञ्जको कर्फ्यु हट्यो

शनिबार वीरगञ्जमा आयोजना गरेको शोभायात्राको क्रममा दुई समूहबीच झडप भएपछि शनिबार साँझदेखि लगाईएको कर्फ्यु  हटेको छ ।
आइतबार मध्यरातदेखि १२ बजेदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यु हटाएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सियापुल ,उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटतर्फ वैशाख १ गतेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३ क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको थियो ।