चीनले अमेरिकाबाट आयात हुने सामानहरूमा फेरि कर बढाएर १२५ प्रतिशत र्पुयाएको बीबीसीले जनाएको छ ।
यसअघि बुधवार चीनले अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । चीनले लगाएको यो कर शनिवारदेखि लागू हुनेछ ।
गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ३४ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको थियो । यो कर अप्रिल ९ देखि लागू हुने भनिएको थियो तर त्यसको केही घण्टाअघि ट्रम्पले थप ५० प्रतिशत कर बढाउने घोषणा गर्नुभएको थियो । यसको प्रतिक्रियामा चीनले अस्ति बुधवार अमेरिकी सामानहरूमा ५० प्रतिशतले कर बढाएर ८४ प्रतिशत र्पुयाएको थियो ।
चीनले अमेरिकी सामानमा फेरी कर बढाईयो












