Advertisement

हाल देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभाव

हाल देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
केही दिनअघि भारतबाट बंगालको खाडी हुँदै नेपाल भित्रिएको जलवाष्पयुक्त हावाको सामान्य प्रभाव छ।अहिले अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव छ।शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशको पहाडी भूभागका एक(दुई स्थानमा पनि पानी पर्ने सम्भावना रहेको महाशखाको अनुमान छ ।