Advertisement

तनहुँमा नदीमा डुबेर ११ वर्षीय बालकको मृत्यु

तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा डुबेर ११ वर्षीय यमन शाहीको मृत्यु भएको छ ।
पौडी खेल्न गएका शाहीलाई बिहीबार शान्तिनगर तल मादी नदीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए। थियो । बेपत्ता शाहीको बिहीबारदेखि नै खोजतलास गरिएकामा आज साँझ व्यास नगरपालिका–१ स्थित मादीसेती घाट नजिक शव भेटिएको प्रहारीले जानकारी दिए ।