आज काठमाडौं उपत्यकामा बिहानैदेखि मेघगर्जनसहित पानी परिरहेको छ ।
पानी पर्ने क्रम आज र भोलि पनि जारी रहने आकलन छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल नेपालमा न्यूनचापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव छ । त्यसैले पूर्वदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको छ । अधिकांश ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । लामो समयको सुक्खा र खडेरीले आहत भएकाहरुलाई यो वर्षाले केही राहत दिएको छ । काठमाण्डौमा पनि पानी परेसँगै उच्च स्थानको वायु प्रदुषणमा अहिले सुधार भएको छ ।
बिहानैदेखि काठमाडौंमा मेघगर्जनसहित वर्षा












