Advertisement

आज अपराह्न ४ बजे रास्वपाको बैठक बस्दै

आज अपराह्न ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको छ ।
बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि, समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको महाधिवेशन, जनयात्रालगायत एजेण्डामा छलफल हुनेछ ।पार्टी सभापति रवि लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुनः पक्राउ परेपछि रास्वपाको पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।