Advertisement

आजको मौसम : पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।
बुधबार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ साथै देशभर तुवाँलो लागेको अवस्था छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।