विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन आजसम्म रहेको छ ।
चैत २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता शेयर निष्काशन गरेको हो। चैत २५ गते, साँझ ५ बजेसम्ममा लघुवित्तको एफपीओमा १६ लाख ९३ हजार ८५९ जनाले २ अर्ब ९१ लाख २५ हजार रुपैयाँबराबरको १ करोड ९१ हजार २५० कित्ता शेयरका लागि आवेदन दिएका छन ।लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ९ बमोजिम स्वः पूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न सर्वसाधारणमा एफपीओ निष्काशन गरेको हो।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन आजसम्म












