भोली प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन ।
सबै प्रदेशमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम अन्तर्गत भोलि मधेस प्रदेशसभा सम्बोधन गर्न लागेका हुन ।प्रधानमन्त्री ओलीले प्रदेशसभाबाट सम्बोधन गर्ने भएपछि त्यसको तयारी भव्य रूपमा गरिएको छ । सोमबार सबै तयारी अन्तिम चरणमा रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । मंगलबार मधेस प्रदेशसभामा प्रधानमन्त्री ओलीले साढे ११ बजेदेखि सम्बोधन गर्ने कार्यतालिका रहेको सभामुख रामचन्द्र मण्डलले बताए ।
भोली मधेश प्रदेशमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने











