Advertisement

नेपाल सुपर लिग फुटबलमा चितवनको लगातार दोस्रो जीत

शुक्रबार भएको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा चितवन एफसीले लगातार दोस्रो जीत निकालेको छ ।
चितवनको जीतमा टोरिक जेब्रिनले इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक बन्यो । दुई खेलमा चितवनको ६ अङ्क भएको छ । उसले पहिलो खेलमा पोखरा थन्डर्सलाई हराएको थियो । तीन खेलमा बुटवलको एक अङ्कमात्रै छ । बुटवलले पहिलो खेलमा झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो । अर्को खेलमा धनगढी एफसीसँग ४–१ ले हारेको थियो ।