आज शेयर बजार परिसूचक नेप्से ३ दशमलव ३५ अंकले बढेर २ हजार ७ सय ३ दशमलव ३९ विन्दुमा पुगेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३ सय २४ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ७ अर्ब ८४ करोड रुपैयाँमा किनबेच भएको छ ।आज बैंक, जलविद्युत्, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स र व्यापार समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
शेयर बजार ३.३५ अंकले बढ्यो












