Advertisement

आजदेखि शिक्षकहरु काठमाडौँको सडकमा

आजदेखि देशभरका शिक्षकहरूले काठमाडौँको सडकमा शैक्षिक सडक आन्दोलन गर्दै छन । नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन । मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न मागसहित आन्दोलन थालिने बताए। आज दिउँसो विभिन्न स्थानबाट ्यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको छ । प्रदर्शन अपराह्न ४ बजेसम्म हुनेछ।