Advertisement

आजको मौसम यस्तो छ

आज नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखा अनुमान छ । देशका अधिकांश भू-भागहरूमा तापक्रम वृद्धी हुँदै जाने सम्भावना रहेको छ ।