Advertisement

नेप्सेका नवनियुक्त सीईओले गरे पद बहाली

मंगलबार नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईँले पद बहाली गरेका छन ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चापागाईँलाई सीईओमा नियुक्त गरेपछि मंगलबार नै राजस्व सचिव दिनेशकुमार घिमिरे मार्फत उनले नियुक्ति पत्र बुझेका थिए। यसअघि अर्कै व्यक्तिलाई नियुक्त गरिएको खबर सञ्चार माध्यममा आएका थिए। तर उक्त निर्णय प्रमाणीकरण नभएको भन्दै चापागाईँलाई नियुक्त गरिएको हो।