Advertisement

म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प

म्यानमारमा शक्तिशाली भूकम्प गएको ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसी)ले जनाएको छ ।
थाइल्याण्डको राजधानी बैंककमा पनि भूकम्पको धक्का महसूस गरिएको र त्यहाँका धेरै भवनहरू खाली गराइएको खबरमा उल्लेख छ ।भूकम्पको केन्द्रविन्दु बर्मेली शहर सागाइङबाट १६ किलोमिटर उत्तर पश्चिममा मन्डले शहर नजिकै थियो । यो शहर म्यानमारको राजधानी नेपिडबाट झन्डै एक सय किलोमिटर उत्तरमा रहेको क्षेत्र हो ।भूकम्पका कारण बैंककमा भवनहरू क्षतिग्रस्त भएका छन र नेपिडमा सडकहरू भत्किएका छन् । यसैबीच थाई सरकारले आपत्कालीन बैठक बोलाउँदैछ । अहिलेसम्म क्षतिको पूर्ण विवरण प्राप्त भएको छैन ।