सोमबार बसेको राष्ट्रिय सभा बैठकबाट अगामी २१ फागुनको निर्वाचनलाई लक्षित गरी अन्तरिम सरकारले जारी गरेका तीन वटा अध्योदश स्वीकृत गरेको छ ।
सभामा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ लाई स्वीकृत गरियोस भन्ने प्रस्ताव पेस गरेका थिए ।
राष्ट्रिय सभाबाट तीन वटा अध्यादेश स्वीकृत












