Advertisement

महोत्तरीमा २३५ किलो गाँजा बरामद

सोमबार साँझ पौने ७ बजे महोत्तरीको बर्दिबास नगरपालिका–३ बाट प्रहरीले २३५ किलो लागुऔषध गाँजा बरामद गरेको छ ।
बीपी राजमार्गको सडक खण्डमा सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बागमती प्रदेश–०१–००६ ख ५३७१ नम्बरको निलो रंगको मिनीट्रकमा गाँजा फेला परेको हो । गाँजा लोड गरेर राखिएको मिनी ट्रकसँगै प्रहरीले ट्रकको चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ ।