Advertisement

मधेस प्रदेशको मुख्यमन्त्रीमा आज सात दलका तर्फबाट दाबी पेस गरिने

आज सात दलका तर्फबाट मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरिने भएको छ ।
आज नै मुख्यमन्त्रीको टुङ्गो लगाएर दाबी पेस गर्ने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत शाहले जानकारी दिए । मधेस प्रदेशको मुख्यमन्त्रीबारे छलफल गर्न बिहीबार सात दलको बैठक बसेको थियो । सात दलमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी रहेका छन ।