आज अपराह्न करिब साढे ४ बजे मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रे घर भई सिस्नेरी मामाघर आएका काभ्रेको फूलबारी दाप्चा घर भएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनी र इन्द्रसरोबर–३ सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका छोरा १४ वर्षीय सुशान्त आचार्य रहेको इलाका प्रहरी कार्यालय भीमफेदी प्रमुख प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिए ।
मकवानपुरमा पौडी खेल्न गएका ३ बालकको डुबेर मृत्यु












