Advertisement

सोमबार सार्वजनिक बिदा

मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिने भएको छ ।
इद उल फितर मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन,पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन । यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिने जानकारहरु बताउँछन ।