Advertisement

बौद्ध फुलबारीमा बौद्ध कल्याण गुठीले सोनाम ल्होछार मनाईयो

बौद्ध तामाङ कल्याण गुठीको आयोजनामा लामा गुरुहरुले अजिमा थानमा बिशेष पूजापाठ, नगर परिक्रमा प्रभातफेरि गरि बौद्ध महेन्द्र फुलबारीमा पुगी २८६२ औं ता ल्हो घोडा वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य सभ्य रुपले सम्पन्न भएको छ।
गुठीका अध्यक्ष राजेन्द्रकुमार लामा रुम्बाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि काठमाडौं प्रदेश संसद माननीय छिरिङ दोर्जे लामा रहनु भएको थियो । कार्यक्रममा तामाङ मौलिक साँस्कृतिक कार्यक्रम ताम्बा डम्फूरे द्वारा डम्फू गीत मार्फतबाट शुभकामना र बोम्बो गुरुहरुबाट साङ् सेर्गेम गर्नु भएकोे थियो । कार्यक्रममा काठमाडौं महानगरपालिका बौद्ध काठमाडौं वडा नं.६ का अध्यक्ष भुवन लामा,सल्लाहकार गुठियार हरुको लगायतको उलेख्य उपस्थिति रहेको थियोे । साथमा स्थानीय युवा कलाकारहरुको संगीतक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जन दिलाएका थिए ।